नागरिकता विधेयकको विरोध गर्नु ओलीको पाखण्ड र राष्ट्रवादको मखुन्डो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक गलत ढंगले गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विधेयकको सार तत्व आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउन भन्ने रहेको बताए। उनले राष्ट्रघात भन्नु पाखण्ड बाहेक केही नभएको बताए। 'यो त्यही विधेयक…