जेठ ३० मा स्ववियु चुनाव हुनेमा आशंका, के भन्छन् विद्यार्थी नेता?

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी जेठ ३० गते गर्ने समय तोकेको छ। तर,अझै पनि मुल राजनीतिक विवाद समाधान हुन सकेको छैन। त्यसो त यही समयमा चुनाव गर्न सकिने सम्भावना कम देखिन्छ। पछिल्लो समय नेपाली राजनीति तरङ्गित छ। दुई तिहाई नजिकको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको निर्णयले भंग भएपछि राजनीतिक दलहरु आन्तरिक झमेलामा फसेका छन्।अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुनर्स्थापित गरिदिएपछि नयाँ सरकार निर्माणक