किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन

काठमाडौं : सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले सरल रुपमा कृषि कर्जा पाउनको लागि ५ खर्ब वितरण गरिएको बताएका हुन्। कृषि कर्जा वितरण गर्न एक लघुवित्त स्थापना गरेर बैंक तथा वित्तिय संस्था अनिवार्य रुपमा कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए।  

सम्बन्धित सामग्री

कृषि कर्जा सहज बनाउन ‘कृषक क्रेडिट कार्ड’ वितरण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिट कार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३ दशमलव ५६ प्रतिशत र पुरुषलाई ४ दशमलव ५६ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ । धितो दिन नसक्ने र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न नसक्ने कृषकका लागि यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए । मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बंगलादेश बैंक, मकवानपुरगढी शाखाबाट कृषकले ऋण प्राप्त गर्नेछन् । नेपाल बंगलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्ड मार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । रासस