श्रीलंकामा मजदुरको आह्वानमा आम हड्ताल चर्किंदै, राजापाक्ष परिवारको बहिर्गमनको माग

बिहीबार श्रीलंकामा आयोजित आम हड्ताल सफल पार्न लाखौं श्रमिक सडकमा उत्रिएका थिए । हड्ताल आह्वान गर्ने ट्रेड युनियनहरुको मुख्य माग थियो– ‘राष्ट्रपति गोतावाया राजापाक्ष र उनको शक्तिशाली परिवारले सम्पूर्ण सरकारी पद त्याग्नुपर्छ ।’ अहिले श्रीलंका उसको इतिहासकै सबैभन्दा गम्भिर आर्थिक संकटसँग जुधिरहेको छ । धेरै श्रीलंकनले यसका लागि राजापाक्ष परिवारको नातावाद र असक्षमतालाई दोषी मानेका छन् ।  विगत २० वर्षदेखि श्रीलंकाली राजनीतिमा हाबी रहेका राजापाक्ष परिवारका भाई गोताबाया राष्ट