हृदयेश त्रिपाठी एक्लै चुनाव लड्लान् कि फेरि एमालेसँग तालमेल गर्लान् ?

नवलपरासी जिल्लाबाट पाँच पटक जित हासिल गरेका हृदयेश त्रिपाठीले हालै नयाँ दल गठन गरेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र समूहका नामबाट राजनीतिक गतिविधि बढाएका उनले एमालेसँग तालमेल गरी एमालेकै चुनाव चिह्नबाट चुनाव जितेका थिए । यस पटक उनी एक्लै चुनाव लड्लान् कि फेरि एमालेसँगै तालमेल गर्लान् भन्नेमा चासो बढेको छ ।लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको क्षेत्र नम्बर १ बाट उनी उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनको केही अघि उनले आफ्नै नेतृत्वमा जनता