१५ भदौदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ […]

सम्बन्धित सामग्री

१५ गतेदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख […]

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दियो

वैशाख २८, काठमाडौं श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख २२ गते निवेदन दिएको हो । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीले हालसम्ममा १० ओटा जिल्लामा ३३ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको श्रृजनशील लघुवित्तको वित्तीय अवस्था :

पुस १३, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछि मात्र उक्त आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १० करोड ३७ लाख पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड ६१ लाख ३७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. १ करोड ३४ लाख ६१ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनमा चालू आवमा २२ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ७४ लाख ४० हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ८ करोड १४ लाख २१ हजार सापटी लिएर रू. ७० करोड २० लाख ८२ हजार निक्षेप संकलन गरेर रू २ अर्ब ८ लाख कर्जा लगानी गरेको छ । कम्पनीको मुख्य कार्यालय सिराहको गोलबजारमा रहेको छ । हालसम्ममा कम्पनीले ३१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।                                                                           स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण