अलमुताइरीले खेलाडीलाई भने : ‘तिमीहरु नभए फरक पर्दैन, अरु ल्याउँछु’

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटलब टोलीका केही खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा निकै हेपाहा प्रवृत्ति देखाउने गरेको बताएका छन् ।अलमुताइरीको व्यवहार गतिलो नभएको भन्दै बन्द प्रशिक्षणबाट निस्किएका खेलाडीले आज सामूहिक रुपमा पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षकले जबरजस्ती आफूहरुलाई प्रशिक्षणबाट निस्कन बाध्य बनाएको बताएका हुन् ।टोलीका खेलाडी रोहित चन्दले होस्टेलमा पानी नभएको र बस्नको लागि उचित वातावरण नै नभएकोले होटलमा सरौँ भन्ने प्रस्ताव राखेकै भरमा अलमुताइरीले चन्दलाई प्रशिक्षणबाट निकालेको र त्...