सरकार गठनका लागि प्रचण्डले गरे राष्ट्रपतिसमक्ष दाबी पेश

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दिएको एक साताको समयसीमाभित्रै आइतबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्। राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्। […]

सम्बन्धित सामग्री

कांग्रेस सत्तापक्ष कि प्रतिपक्ष ?

मोहन बुढाक्षेत्री – संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८९ सिट ल्याएर पनि सरकार गठन गर्न असफल भयो । संसदीय प्रणालीको अभ्यासलाई हेर्ने हो भने बहुमत प्राप्त गर्ने दलले सरकार गठन गर्छ । यदि स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउनसक्ने दलको संसदीय दलको नेताले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश […]

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीका लागि […]

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनको दाबी पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको हो । प्रदेशसभामा कुनै पनि दलले बहुमत नभएका कारण धारा १६८ […]

प्रदेश १ :  सरकार गठनका लागि संघको निर्णय पर्खिदै दलका नेताहरू

विराटनगर : प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै यति वेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू गृहकार्यमा जुटेका छन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्न पुस २४ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन। त्यसो हुँ

नयाँ सरकार गठन गर्न प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेश

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनको दाबी पेश गरेका छन्। उनले माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका १६६जना सांसदको समर्थन रहेको दाबी पेश गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आज बेलुकी पाँचसम्म दाबी पेश गर्न आव्हान गरेकी थिइन्।

यी हुन् लुम्बिनी प्रदेश सरकारका सम्भावित मन्त्री

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो ३ बजेसम्मको समय दिएका छन्।

अर्थतन्त्र उकास्न र युवालाई रोजगारी दिने पहिलो प्राथमिकता हुनेछ : पाेखरेल

काठमाडौं : प्रदेश सरकार गठन भएको करिब ३९ महिना सम्म प्रमुख प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले सम्भवतः पहिलो पटक गण्डकी प्रदेशबाट सरकारको नेतृत्व गर्दैछ।प्रदेश प्रमुखको आह्वान पछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा कांग्रेसले मुख्यमन्त्रीको दाबी पेश गरेको छ।सरकार बन्न आवश्यक पर्ने ३१ जना सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।कांग्रेसका १५, नेकपा माओवादी के

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न ३० गतेको समयसीमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख ३० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत नपाएर पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने संसद सदस्यलाई ३० गते साँझ ९ बजेभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन्।