पाकिस्तानी प्रधानमन्त्री खानले गरे संसद् विघटन

एजेन्सी, २० चैत्र । आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।  अविश्वास प्रस्ताव खारेज भएसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई आग्रह गरेका हुन् । खानले देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन,  जनताले निर्णय गर्नेपनि उनले […]

सम्बन्धित सामग्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौंं, चैत २७ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन् । प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा १७४ जना सदस्यले मतदान गरेपछि पदमुक्त भएका हुन् । इमरान खानको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि प्रतिपक्षी दलका नेताहरू सर्वोच्च अदालत गएका थिए। प्रधानमन्त्री इमरानविरुद्ध गत मार्च २८ […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको स

विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

अविश्वास प्रस्ताव सामना गर्नुको सट्टा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् नै विघटन गरेका छन् । प्रधानमन्त्रीको सुझावबमोजिम राष्ट्रपति आरिफ अल्भीले आइतबार संसद् विघटन गरेका हुन् । ‘नेसनल एसेम्बली विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझावलाई संविधानअनुसार राष्ट्रपति आरिफ अल्भीले अनुमोदन गर्नुभएको छ,’ राष्ट्रपतिको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

पाकिस्तानी प्रधानमन्त्री खानबाट राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री खानले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति अरिफ अल्भीलाई संसद् विघटन गर्न सिफारिस गर्नुभएको हो । आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपछि खानले संसद बिघटनको प्रस्ताव गर्नुभएको हो । खान विरुद्ध विपक्षी दलको अविश्वासको प्रस्ताव ल्याएका हुन् । तर पाकिस्तानको […]

प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत, संसद् विघटन गर्न सिफारिस

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको विश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्रीविरुद्धको आन्दोलनमा विदेशी हात संलग्न भएको भन्दै अस्वीकार गरेको छ । राष्ट्रिय सभा वा संसद्को तल्लो सदनका उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्तावलाई खारेज गर्दै विपक्षीले प्रस्ताव पेश गर्नेमा विदेशी संलग्नता भेटिएको र यो कदम पाकिस्तानको संविधानविपरीत भएको बताउनुभयो । यसबीच प्रधानमन्त्री …