निजगढ विमानस्थलको काम चाँडै अगाडि बढाइने

काठमाडौँ – सरकारले निजगढ विमानस्थलको काम अघि बढाउने घोषणा गरेको छ। विमानस्थलको काम सुरु गर्न वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम अघि बढाइने भएको हो। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

सम्बन्धित सामग्री

निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइने

काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो बताएको हो । यो विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको हो । यस्तै, प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने जनाइएको छ । हवाई […]

पूर्व–पश्चिम रेलमार्ग : निजगढ खण्डमा पटकपटक एलाइनमेन्ट परिवर्तन

वीरगञ्ज । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बाराको निजगढमा एलाइनमेन्ट फेरिँदै आएको छ । रेल विभागले पुनः एलाइनमेन्ट परिवर्तन गरिएको जानकारी दिएको हो । रेल विभागका अधिकारी र निजगढ नगरपालिकासहित सरोकारवालाहरूसँगको छलफलमा विभागीय अधिकारीहरूले रेलमार्गअन्तर्गत निजगढ खण्डमा दोस्रोपटक एलाइनमेन्ट फेरबदल भएको बताएका छन् । पूर्व–पश्चिम रेलमार्ग र भारतले बनाइदिने वीरगञ्ज–काठमाडौं रेलमार्गको स्टेशन एकै स्थानमा बनाउन एलाइनमेन्ट परिवर्तन गरिएको विभागका इन्जिनियर सुमोद पोखरेलले जानकारी दिए । नेपाल–भारत अन्तरदेशीय रेलमार्गमा भारतको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । यसअघि निजगढको बकैया खोलाको पूर्वी किनारबाट एलाइनमेन्ट तय भएको थियो । विभागका अनुसार अब रेलमार्गको एलाइनमेन्ट बकैयाखोला पारि निजगढ–१० वन क्षेत्र हुँदै निस्किनेछ । पूर्वी नाका काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकीसम्म ९२५ किलोमीटर रेलमार्गको काम भने नेपालले आफ्नै खर्चमा अघि बढाएको छ । अहिले बर्दिबासदेखि निजगढसम्म ट्र्याक खोल्ने काम भइरहेको छ । निजगढ क्षेत्रमा एलाइनमेन्टको विषयमा स्थानीयले विवाद गर्दै आएका छन् । विगतमा स्थानीयको अवरोधका कारण सर्भेको काम रोकिएको थियो । स्थानीयको विरोधकै कारण रेल विभागले स्थानीयसँगको समन्वयलाई प्राथमिकतामा राखेको छ । यसै कारण बारम्बार एलाइनमेन्ट परिवर्तन हुँदै आएको छ । पछिल्लो एलाइनमेन्टबाट वन क्षेत्र मासिने र चुरे पहाड प्रभावित हुने स्थानीयको भनाइ छ । नयाँ एलाइनमेन्टमा पुनर्विचार गर्न उनीहरूले माग गरेका छन् । यसअघि पनि स्थानीको विरोधका कारण एलाइनमेन्ट फेरिएको थियो । निजगढको घना बस्ती मासिने भन्दै स्थानीयले रेलमार्ग पीडित सरोकार समिति बनाएर विरोध गरेका थिए । स्थानीयको सरोकार सम्बोधन गर्न भन्दै रेल विभागले बकैया खोलाको किनारबाट एलाइनमेन्ट जाने बताएको थियो । त्यसबेला स्थानीयले प्रशासनदेखि प्रधानमन्त्रीको कार्यालयसम्म आफ्ना मागपत्र पुर्‍याएका थिए । उनीहरूले ठाउँठाउँमा प्रदर्शनसमेत गरेका थिए । रेलमार्गको सर्भेसमेत रोकिएको थियो । अब रेलमार्गको सर्भे अगाडि बढाइने भएको छ । रेलमार्गका लागि कम्तीमा ५० मिटर चौडाइको भूभाग चाहिने र ३५० मिटर दाँया–बाँया क्षेत्रफललाई समेटेर सर्भे गर्नुपर्ने पोखरेलले बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि बढाउने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको अन्तिम फैसलापछि निर्माण प्रक्रिया अघि बढाउन विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउने गरी अघि बढ्ने मन्त्रालयले जनाएको छ । उक्त विमानस्थल

निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने, टिआइएमा दोस्रो टर्मिनल बनाइने

सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) मा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ ।

सर्वोच्चले रोकेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) मा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ।...

निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाइने

सरकारले निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

निजगढ विमानस्थल निर्माणले तिब्रता पाउने– मन्त्री अधिकारी

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने बताए। मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो अघि बढाउन निर्देशन पनि दिएका छन्।