काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि प्रकट गर्नुभएकाे छ। उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे असन्तुष्टि प्रकट गर्नुभएकाे हाे। उहाँले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको उल्लेख गर्नुभएकाे छ। पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै […]
सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि पुन: आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
बैंकलाई ग्लोबल फाइनान्स म्यागजिनले लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक २०२५’ बाट सम्मानित गरेको छ ।
यो सम्मान बैंकका अध्यक्ष …
ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी […]
काठमाडाैं। खोटाङमा आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना प्रधानाध्यापक पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन्। गत असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ। साेही घटनाको अनुसन्धान भइरहेको प्रहरीले […]