प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी हुँदा म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । लिग अन्तर्गत मंगरबार राती सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई २–० ले हरायो । चेल्सीको जितमा ४६ औं मिनेटमा मोराटा र ६० औं मिनेटमा अलन्सोले गोल गरेका थिए । यता लिभरपुलले स्वान्सी सिटीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा ५२ र ६६ औं मिनेटमा फिरमिनो, छैटौं मिनेटमा कौटिन्हो, ६५ औं मिनेटमा अलेक्सऐन्डर अर्नोल्ड र ८२ औं मिनेटमा चेम्बरलेनले गोल गरे ।

सम्बन्धित सामग्री

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २-१...