स्थगित भएको खोप अभियान काठमाडौं महानगरमा फेरि सुरु

काठमाडौं।कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम काठमाडौं महानगरपालिकामा आजदेखि फेरि सुरु हुने भएको छ। खोप अभाव परिपूर्ति नहुँदा स्थगित भएको खोप कार्यक्रम आजदेखि फेरि सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।खोप अभियान काठमाडौंमा जेठ ३१(आज) र असार १ गते सञ्चालित हुनेछ। महानगरपालिकाले एक सूचना जारी गरेर ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने जनाएको छ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा फागुन १६ देखि रुबेला दादुरा खोप अभियान सुरु

काठमाडौं महानगरपालिकामा यही फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सुरु हुने भएको छ । महानगरले १६ गतेदेखि दुई चरणमा रुबेला दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो ।

काठमाडौं महानगरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले बिहीबारदेखि १४ जेठसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको...

काठमाडौं महानगरमा कोरोनाविरुद्ध मोडर्ना र फाइजर खोप लगाउन शुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार (आज) देखि  कोभिड–१९ विरुद्ध खोप अभियान फेरि सञ्चालन गरेको छ। महानगरपालिकाले आजबाट शुरु गरेको खोप अभियानमा  मोडर्ना र फाइजर खोप दिइनेसमेत जनाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै महानगरका ३२ वटै वडा कार्यालयका तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन सकिने समेत जनाएको छ। तर दोस्रो मात्रा र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड लिएर आउन र पहिलोपटक खोप लगाउनेले परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत भनेको छ।पहिलो

काठमाडौं महानगरमा आजदेखि दशैंलक्षित कोरोना खोप अभियान

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी […]

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

काठमाडौं महानगरमा रोकियो खोप अभियान

काठमाडौं महानगरमा खोप अभियान स्थगित भएको छ । खोप अभाव भएका कारण खोप अभियान रोकिएको महानगरले जनाएको छ

काठमाडौं महानगरमा एक लाख नागरिकलाई खोप लगाउने लक्ष्य छ : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ वर्ष उमेरसमूहका करिब १ लाख नागरिकलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताएका छन् । ‘‘काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,” शाक्यले भने, ‘‘हामीले नेपाल सरकारसँग समन्वय गरेर...