माधव समूहको बटमलाइन: ओलीले संसद विघटनप्रति आत्मालोचना गरे एकता सम्भव

नेकपा एमालेको खनाल नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति आत्मालोचना गरे मात्रै सहकार्य हुनसक्ने निष्कर्ष निकालेको छ । साथै सो समूहले संसद विघटनविरुद्धको संघर्षलाई जारी राख्ने भएको छ ।बिहीबार खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल भेलामा सहभागी अधिकांश नेताहरुले ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको ठहर गर्दै उनीसँगको सहकार्य लगभग अन्त्य भएको धारण राखेका थिए । ‘ओली एकपछि अर्को गर्दै प्रतिगमनतिरै जानुभएको छ । त्यसैले उहाँल