नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले कर्णाली प्रदेश संसदीय दलको ह्विप

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।    मङ्गलवार बिहान बसेको एमाले संसदीय दलको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  संसदीय दलको बैठकले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको छ । संसदमा पेस भएको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने कर्णाली प्रदेश सरकारको तयारी छ । 

सम्बन्धित सामग्री

एमाले कर्णाली प्रदेश अधिवेशनमा ५५० प्रतिनिधि सहभागी हुने

नेकपा एमाले कर्णाली प्रदेशको १०–११ असोजमा सुर्खेतमा हुने प्रथम प्रदेश अधिवेशनमा पाँच सय ५० प्रतिनिधि सहभागी हुने भएका छन् ।

एमाले कर्णाली प्रदेश सरकारबाट नबाहिरिने

कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा एमाले नबाहिरिने भएको छ ।

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन

कर्णाली– नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो ।  संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको […]

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग...

एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश

नेकपा एमाले कर्णाली प्रदेश सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शुक्रबार प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।कुँवर र मल्ल दुबै रामबहादुर थापा बादल एमाले प्रवेश गरेसँगै गएका थिए । दुवैजना पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेत र रमेश मल्लको पहलमा माओवादी प्रवेश गरेका हुन् ।

एमाले कर्णाली प्रदेश : आगामी निर्वाचनमा पहिलो शक्ति बन्ला त ?

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आगामी निर्वाचनमा कर्णालीमा एमालेलाई पहिलो शक्ति केन्द्रको रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरिएको छ । शनिबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पार्टीलाई आगामी निर्वाचनमा कसरी अग्रसर गराउने भन्ने बारेमा वृहत छलफल गरेको थियो । उक्त भेलामा नेताहरुले एमाले विभाजनको असर कर्णालीमा पनि परेकाले अब कसरी जनाधारलाई बलियो पार्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको एमाले प्रदेश कमिटीका एक नेताले रातोपाटीलाई जानकारी दिए ।&nbs

एमाले कर्णाली प्रदेश कमिटीद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना सिफारिस

सिमकोट – नेकपा एमाले कर्णाली प्रदेशले माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ। प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीन जना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो। एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको उपस्थितिमा बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको […]

एमाले कर्णाली प्रदेश कमिटी हेरफेर, अध्यक्षमा बोगटी

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार प्रदेश कमिटी हेरफेर गरिएको हो । यसअघि प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलाबजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमाले प्रदेश कमिटी स्रोतले जनाएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी हुँदा प्रदेश कमिटी अध्यक्ष रहेका थिए । बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको स्रोतको भनाई छ । अब कर्ण