आगामी मङ्सिर १६ देखि २७ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टोलीले ३२ खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताको तयारी अघि बढाउन मूल आयोजक समितिले कार्यसम्पादन समितिलाई निर्देशन दिँदै आवश्यक अधिकार प्रत्यायोजन गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार वीरेन्द्रनगरमा बसेको बैठकले प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न विषयगत उपसमिति गठन गर्ने […]
काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति भएको समूह डी अन्तर्गत चौथो चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोलको जित निकालेको हो । पोर्चुगलका लागि जोआओ कान्सेलो र गोन्सालो रामोसले एक–एक गोल गरेका थिए । नर्वेका क्रिस्टोफर अएरले एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा नर्वेका अएरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता […]
झापा । सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा-इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्ध शान्ति, अर्जुनधारालगायत पालिकासँग […]
१९ असोज, काठमाडौं । सप्तरीमा १० वर्षअघि घरबाट हराएका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट खोजी गरी परिवारको जिम्मा लगाएको छ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा १० वर्षअघि आफ्नै …