फोन पेद्वारा नयाँ अभियानको घोषणा

काठमाडौं । नेपालको भुक्तानी संचालक ‘फोन पे’ ले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फोन पेले सो अभियानको घोषणा गरेको हो।अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा सचेत गराउनु […]

सम्बन्धित सामग्री

फोनपेको नयाँ अभियान 'फोन पे डिरेक्ट', दुई भाग्यशाली विजेतालाई आईफोन १४ प्रो

फोनपेले आफ्ना ग्राहकहरूका लागि 'फोन पे डिरेक्ट: पैसा पठाऔँठाउँको ठाउँ' नामक नयाँ अभियानको घोषणाा गरेको छ ।

‘फोन पे’को ‘फोन पे डिरेक्ट स् पैसा पठाऔं ठाउँको ठाउँ’ अभियान घोषणा - NepaliPatra

काठमाडौँ। ‘फोन पे’ ले ‘फोन पे डिरेक्टः पैसा पठाऔं ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ। यस अभियान अनुसार एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने भएको छ। ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो […]

नेपाल लाइफको ‘डिजिटल धमाका’ अभियान सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल धमाका’ अभियान सार्वजनिक गरेको छ । कम्पनीले सोमवार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त अभियान सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभियानको शुभारम्भ गरे । आफ्ना ग्राहक तथा अभिकर्तालाई सूचनाप्रविधिमा साक्षात्कार गराउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको पराजुलीले बताए । अभियानअन्तर्गत माघ महीनाभर बीमाको नवीकरण शुल्क अनलाइनमार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको व्यवस्था गरिएको कम्पनीले बताएको छ । भुक्तानी सेवा प्रदायक ‘खल्ती’बाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्दा प्रत्येक हप्ता एकजना विजेतालाई एयरबड्स प्रदान गरिने कम्पनीको भनाइ छ । त्यस्तै पहिलोपटक खल्तीको प्रयोग गरी बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने ग्राहकलाई रू. १०० क्यासब्याक प्रदान गरिने पनि कम्पनीले बताएको छ । कम्पनीले बीमा नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरू ईसेवा, खल्ती, फोन पे, कनेक्ट आईपीएस, आईएमई पे र प्रभु पेलगायतसँग सम्झौता गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाटै प्रिमियम तिर्दा समयको बचत हुनुका साथै कारोबारसमेत सुरक्षित हुने बताए । आगामी दिनमा कम्पनीलाई थप प्रविधियुक्त बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।

डिजिटल प्रविधिको प्रयोग गर्ने पोखराका १० ओटा होटल पुरस्कृत

वैशाख ११, कास्की । पोखरामा नयाँ वर्षको अवसरमा ‘जाउँ है पोखरा अभियान’ अन्तर्गत पाहुनाबाट क्यूआर कोड मार्फत् होटलको बिल भुक्तानी प्राप्त गर्ने १० ओटा होटललाई पुरस्कृत गरिएको छ । पश्चिमाञ्चल होटल संघको अगुवाइमा संचालन गरिएको अभियानमा पहिलोपटक डिजिटल माध्यमको प्रयोग गरी बिल भुक्तानी गराएपछि व्यवसायीलाई प्रेरित गर्न संघले पुरस्कृत गरेको हो । क्यूआर कोड मार्फत् होटलको बिल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले गत चैत ३१ र  वैशाख १ गते ४० प्रतिशत छूट प्रदान गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।  ‘नगद छोडौं फोन पे गरौं’ भन्ने नाराका साथ संघ र फोन पे प्रालिको आपसी सहकार्यमा डिजिटल भुक्तानी प्रणालीलाई प्रबर्द्धन गरेको अध्यक्ष तुलाचनले बताए । उक्त अभियानमा प्रथम हुने एक होटललाई ५० हजार रुपैयाँ, द्वितीय हुने दुई ओटा होटललाई २० हजार रुपैयाँ र तृतीय हुने सात ओटा होटललाई ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।  अभियानमा टिका रिसोट प्रालि प्रथम, द कुटी रिसोर्ट र होटल डेण्डेलिन द्वितीय थिए । त्यसैगरी चौतारी बुटिक होटल, होटल लेक सोर, होटल भिलेज इन, होटल क्राउन हिमालयज, फिस्टेल लज, टेम्पल ट्री रिसोर्ट र होटल बाराहीलाई पुरस्कार प्रदान गरिएको थियो ।  फोन पे प्रालिसँग आवद्ध ५५ ओटा बैंक तथा वित्तीय संस्थाको संजाललाई उपयोग गरी होटलको विल क्यूआर कोड मार्फत् भएको कारोबार संख्याको आधारमा ती होटल पुरस्कृत भएका हुन् । अध्यक्ष तुलाचनले सुसुप्त अवस्थामा रहेको पर्यटनलाई पुनर्जागरण गराउन छूट तथा सहुलियत प्रदान गरी आन्तरिक पर्यटकहरुको आकर्षण वृद्धि गर्न संघले डिजिटल माध्यमको अभियान चलाएको बताए । उनले नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रबर्द्धन गरी प्रविधितर्फ उन्मुख गराउने र होटल संचालन कार्यविधिमा निर्दिस्ट रहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नगद भुक्तानी कार्यलाई निरुत्साहित गर्ने अभियानको मुख्य उद्धेश्य रहेको बताए ।  अध्यक्ष तुलाचनले सरकारद्वारा गत असोज १५ गतेबाट होटल तथा पर्यटन क्षेत्र सञ्चालन गर्ने अनुमति प्रदान गरेता पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा पुन : कोभिडको दोस्रो लहर सुरु भएको कारणले थप आक्रान्त बनेको बताए ।  ‘विषम परिस्थितिमा पर्यटन तथा होटल क्षेत्र थप मर्माहत भई रहेको स्थिति छ’ उनले भने, ‘पर्यटन तथा होटल व्यवसायलाई पुनर्जीवन दिलाउन दिगो पर्यटन विकासको लागि आन्तरिक पर्यटन मात्र विकल्प रहेकाले संघले नेपालका विभिन्न स्थानमा जाउँ है पोखरा पर्यटन प्रबर्द्धन अभियान सम्पन्न गरिसकेको छ।’