लम्पी स्किनबाट दार्चुलामा मात्रै ५३ हजार बढी पशु संक्रमित

दार्चुलामा लम्पी स्किन रोगबाट ५३ हजार भन्दा बढी पशु संक्रमित भएका छन् ।

सम्बन्धित सामग्री

किसानले कहिले पाउलान् लम्पी स्किनको क्षतिपूर्ति ?

०७९ चैतदेखि मुलुकमा देखापरेको लम्पी स्किन रोगबाट १५ लाख ३६ हजार पशु संक्रमित भए । कोशीबाट सुरु भएको रोग ७७ जिल्लामै पुग्यो । र, ७ महिनामा ६५ हजार ४ सय ४१ पशु मरे । पछिल्लो समय लम्पी रोग केही मत्थर भएको पशु सेवा विभागको दाबी छ । हालसम्म संक्रमित पशुमध्ये १४ लाख ५३ हजार ४ सय ६४ पशु निको भएका छन् । करिब १७ हजार २ सय ७५ पशु संक्रमित छन् ।

लम्पी स्किनको क्षति  १५ लाख ३६ हजार पशु संक्रमित, ६५ हजारभन्दा धेरैको मृत्यु

काठमाडौं । गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगबाट हालसम्म १५ लाख ३६ हजार १८० पशु संक्रमित भएको र ६५ हजार ४४१ मरेको पशु सेवा विभागले जानकारी दिएको छ । संक्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशतलाई निको भएको छ । पशुचौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनबाट हालसम्म भएको आर्थिक क्षतिको यकीन विवरण आउन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ पशुचिकित्सक डा. तपेन्द्रप्रसाद बोहोराले बताए । उनका अनुसार आर्थिक क्षतिबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आर्थिक विश्लेषण शाखाले अध्ययन गरिरहेको छ ।  उक्त शाखामा रहेर काम गरिरहेका नेपाल पशुचिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले आर्थिक क्षतिको अध्ययन भर्खरै शुरू भएको बताए । शुरुआती अध्ययनअनुसार एउटा पशु लम्पी स्किन संक्रमित हुँदा करीब ४९ हजार ७३५ रुपैयाँ जति क्षति भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । लम्पी स्किनबाट हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा क्षति भएको छ । गण्डकी प्रदेशमा सबैभन्दा कम क्षति भएको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा संक्रमित ३ लाख ४६ हजार ८०० मध्ये १४ हजार ३९० पशुको मृत्यु भएको छ । संक्रमित पशु निको हुनेमा पनि सुदूरपश्चिम सबैभन्दा अगाडि छ । गण्डकी प्रदेशमा संक्रमित ६९ हजार ८४१ पशुचौपायामध्ये ३ हजार २४७ को मृत्यु भएको छ । एक प्रकारको भाइरसबाट लाग्ने यस रोगको हालसम्म ठ्याक्कै उपचार विधि नभए पनि खोपको माध्ययमबाट यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । नेपालमा हालसम्म संक्रमित १५ लाख ३६ हजार पशुचौपायामध्ये १० लाख ५३ हजार ५०० लाई खोप लगाइएको छ । सरकारले विभिन्न स्थानीय निकायमार्फत टोली खटाएर खोप लगाउने, किसानलाई परामर्श दिने र रोग नियन्त्रणका उपाय सिकाउने काम गरेको छ । एकपटक रोगबाट संक्रमित भइसकेपछि उक्त पशु चौपायमा पुन: संक्रमण हुने खतरा निकै कम भएकाले यस वर्ष बढी संक्रमण भएका ठाउँमा अर्को वर्ष संक्रमण कम फैलिने अनुमान गरिएको पशुचिकित्सक बताउँछन् ।  लम्पी स्किनको भाइरसले जाडोभन्दा गर्मी मौसममा पशुचौपायालाई बढी आक्रमण गर्ने हुँदा सरकारले आगामी वर्ष यसको क्षति न्यूनीकरणको रोडम्याप तयार गरिहरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बताए । उनका अनुसार रोडम्याप तयारीका लागि मन्त्रालयले इथियोपियास्थित इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युटसँग मिलेर आगामी वर्ष नेपालमा लम्पी स्किन रोगबाट हुन सक्ने क्षति कसरी कम गर्न सकिन्छ भन्नेमा छलफल गरिरहेको छ । त्यसका लागि उक्त संस्थाका अनुसन्धानकर्ता र पशुचिकित्सक नेपाल आएका छन् । उनीहरूसँग नेपालमै लम्पी स्किनको खोप विकास गर्न सकिने सम्भावनाबारे पनि छलफल गरिने मन्त्रालयले जानकारी दिएको छ ।

लम्पी स्किनबाट दार्चुलामा मात्रै ५३ हजार बढी पशु संक्रमित

दार्चुलामा लम्पी स्किन रोगबाट ५३ हजार भन्दा बढी पशु संक्रमित भएका छन् ।