दुई परिसंघका प्रतिनिधि र आईएमएफ टोलीबीच भेटवार्ता : ‘तत्काल आर्थिक सुधारका कदम चाल्न आवश्यक’

काठमाडौं।‘आईएमएफ मिसन फर थर्ड रिभ्यु अन्डर द एक्स्टेन्डेट क्रडिट फेसिलिटी’ अन्तर्गत टिडियन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग भेटवार्ता गरेको छ । आईएमएफको टोलीले गत शुक्रवार सिबिफिन र मंगलवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भेट गरेको हो । भेटमा नेपालको बैंक तथा वित्तीय संस्था र समग्र अर्थतन्त्रको सुधारको विषयमा छलफल भएको छ । आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा सिबिफिनसँग भएको भेटमा चालू मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका समसामयिक विषयमा छलफल भएको थियो । मिसन टोलीका प्रमुख किन्दासहितका प्रतिनिधिले विश्व अर्थतन्त्रमै शिथिलता देखिएको बेला नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वाभाविक भए तापनि नेपाल सरकारले तत्काल सुधारका कदम चाल्न आवश्यक रहेको बताए । उनीहरूले नेपालले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरूको सम्भावित भूमिकाबारे जिज्ञासा राखेका थिए । भेटमा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले नेपालको कृषि, वनपैदावर, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा देखिएका सम्भावना र अवसरको सदुपयोग गरिनुपर्नेमा जोड दिए । नेपाल सरकार तथा मातहतका नियामक निकायले मैत्रीपूर्ण नीति र वातावरण बनाई समग्र निजीक्षेत्रमा उत्साह जगाउनुपर्ने उनले बताए । पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा सरकारको प्राथमिकता हुनुपर्ने धारणा उनले राखे । सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्रप्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरूको सामना गरिरहेको बताए । विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सके अर्थतन्त्र चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास उनीहरूले व्यक्त गरे । यता, नेपाल उद्योग परिसंघ र आईएमएफबीच अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तरराष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीले भोगेका समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायत विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे । उनले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाब समेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराए । पेट्रोलियम पदार्थ र वस्तु आयात हुँदाको असर मूल्यवृद्धिमा पर्ने हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न ब्याज बढाउनु मात्र उपयुक्त कदम हुन नसक्ने उनले बताए । ‘अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुँदा ब्याजले खासै असर गर्दैन, तर उद्योग क्षमताको ३० प्रतिशतमा मात्र सञ्चालन हुँदा धेरै असर पर्छ,’ उनले भने । मुद्रास्फीति नियन्त्रण गर्न समग्र माग घटाउन ब्याज बढाउने नीति अवलम्बन गर्दाको असर अर्थतन्त्रमा परेको उनले बताए । कोभिडपछि उचित सुपरिवेक्षणको अभावमा केही मात्रामा कर्जाको दुरुपयोग भएको देखिएको भए पनि कोभिडपछि नियामकीय निकायले बिस्तारै लिनुपर्ने नीति छिटो समयमै परिवर्तन गर्दा समस्या उत्पन्न भएको उनले औंल्याए । आइएमएफ मिसन प्रमुख किन्दा, आईएमएफका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजलगायतको टोलीले चालू पूँजी कर्जा मार्गदर्शन लागू भएपछि उद्योगी व्यवसायीलाई परेको असर, सुधारका लागि परिसंघको धारणालगायत विषयमा छलफल गरेका थिए ।

सम्बन्धित सामग्री

बालने र हर्कबीच भेटवार्ता

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । साम्पाङले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिएका हुन् । उनीहरु बीच समसायिक विषयमा सामान्य छलफल भएको बताइएको छ । साम्पाङ काठमाडौं आएको अवसरमा दुई मेयरबीच भेटवार्ता भएको हो । यसअघि पनि धरानका मेयर साम्पाङ र बालनेबीच भेटवार्ता हुँदै […]

प्रचण्ड–ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुनेछ । यी दुई नेताबीच बिहीबार पनि सिंहदरवारमा भेटवार्ता भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको छ […]

नेपाल र खड्काबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो ।  खड्काको निजी सचिवालयले दिएको जानकारीअनुसार भेटमा वर्तमान सत्तागठबन्धनलाई नै...

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार नियमित भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । छलफलको कुनै विशेष एजेन्डा नभएको उनले...

देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको बताए । उनले भेटवार्ता नियमित भएको बताउँदै थप विषय खुलाउन चाहेनन् । एमालेले सभामुखलाई महाभियोग लगाउनेसम्मका चेतावनी दिइरहेको बेला देउवा र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच पनि

विप्लव-नारायणकाजी भेटवार्ता

काठमाडौं : नेकपा माओवादी र नेकपा विप्लव समूहबीच एकताको चर्चा चलिरहँदा शीर्ष नेताहरुले भेटवार्ता तीब्र पारेका छन्। हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज अर्का नेता  नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ। उनीहरुबीच आइतबार बिहान भेटवार्ता भएको हो। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको चन्दको सचिवालयले जनाएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्रीले राष्ट्रपति भवन  शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।  राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले नियामित भेटघाटअन्तर्गत राष्ट्रपतिसँग...

‘विप्लव’ र ‘बादल’बीच भेटवार्ता

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बादलको निवास जोरपाटीमा भएको भेटमा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागि थिए । आजै विप्लव र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच पनि दिउँसो भेटवार्ता भएको थियो । विप्लवले पछिल्लो समय सबै दलका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार साँझ शीतलनिवास पुगेका थिए। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको जानकारी दिए। प्रधानमन्त्रीको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। यसअघि विपक्षी दलका नेता केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ पौने ६ बजे भेटवार्ता भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिहएको छ ।