गौतमबुद्ध विमानस्थल प्राधिकरणले नै चलाउने : केही महिनाभत्रै अन्तर्राष्ट्रिय उडान सुरु हुने

काठमाण्डाै - आउँदो मार्चमा निर्माण कार्य सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उडड्यन प्राधिकरणले नै चलाउने भएको छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुग्दा पनि कसले र कुन मोडालिटीमा चलाउने भन्ने टुंगो नलागेको भन्दै चिन्ता व्यक्त भैरहेका बेला सरकारले भने प्राधिकरणलाई नै विमानस्थल चलाउने जिम्मा दिन लागेको हो...