निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ : मल्ल

सत्ता गठबन्धनका दलहरुले निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन्। बिहीबार बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाएको हो ।  ‘लामो गृहकार्य र बैठक पछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले भने ।  उनका अनुसार केहि निर्वाचन क्षेत्रमा भएको दोहोरो दावेदारी शीर्ष नेतृत्वबीचको आपसी