इलाम : पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री स्थिर भएपनि सरकार स्थिर नभएको बताएका छन्।सूर्योदय नगरपालिकाको ०७८/७९ मा सञ्चालन र कार्यान्वयन हुने नीति तथा कार्यक्रमको छलफलका प्रमुख अतिथि खनालले भने,‘तीन वर्षमा १८ पटक मन्त्रिमण्डल पुनर्गठन भयो। प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछ। मन्त्री सचिव फेरिएका फेरिएकै छन्। सरकार तीन वर्षमा गतिशिल र अग्रगमन ढंगले अघि बढ्न सकेन्।’भर्चुअल माध्यमबाट सहभागी हुँदै खनालले स्थानीय सरकारले विकास गर्न मुख्य पाँचवटा बिषयमा ध्यान प