झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट

गलेश्वर (म्याग्दी), १५ माघ । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट, बीचमा पर्छ ठूलो (ढोडेनी) खोला, खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ (तेस्रो र उकालो) बाटो उक्लेपछि पुग्न सकिन्छ, बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर […]

सम्बन्धित सामग्री

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ– ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन्, उमेरले ५० काटेका पाका गाउँले पनि ।

युवा नहुँदा गाउँमा आएन दशैँको रौनक

गलेश्वर : उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान। बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरू पनि।केही वर्षअघि सम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्र श्राद्ध नसकिँदै लिङ्गे पिङ हालेर युवाहरू दशैँको तयारी गरिसक्थे।अहिले दशैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ  न त युवाहरू नै द

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै - NepaliPatra

गलेश्वर । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालकाे लाेभलाग्दाे दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट । । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक […]

विकाससँग जोडिँदै ज्यामरुककोटका ऐतिहासिक आँखीझ्याल

म्याग्दी । थापा र मल्लकालीन विरासत बोकेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित  ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका ऐतिहासिक सम्पदा विकाससँग जोडिन थालेका छन् । समुद्री सतहदेखि १ हजार ६ सय ४८ मिटर उचाइमा रहेको करिब ६ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वलाई उजागर गर्न वडा कार्यालयले धमाधम पूर्वाधार निर्माण  थालेपछि सम्पदाहरू विकाससँग जोडिन लागेका हुन् । १५ औं शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक  पर्यटकीय स्थल  बनाउने उद्देश्यले बेनी नगरपालिका  र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष हीराबहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् । अध्यक्ष थापाका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगम स्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गत वर्ष २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो । यो वर्ष नगरपालिकाको पर्यटन शाखाबाट ५ लाख र वडा कार्यालयको २ लाख विनियोजित बजेटबाट कोत परिसरमा २ सय १० मिटर घेराबार, २ सय मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा गुठी ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए । विसं. १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेको ज्यामरुककोटमा थापा राजाहरूले आफ्नो खाइपाइ आएको राज्य छाडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायत हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् । पूर्वाधार र प्रचार–प्रसार अभावमा ओझेल रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताए । ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न  प्रतिबद्ध रहेको वडाध्यक्ष थापाको भनाइ छ । वडाध्यक्ष थापाले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए । पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत दर्जनाैं हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती देखिन्छ । गुरुयोजनासहित धार्मिक, पर्यटकीय स्थलको पूर्वाधार र प्रचार–प्रसार गर्न नगरपालिका, वडाले सक्रियता देखाउन सके ग्रामीण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने सम्भावना रहेको स्थानीय भीमबहादुर पौडेलले बताए । ‘ज्यामरुककोट ऐतिहासिक र प्राकृतिक सुन्दरतायुक्त सम्पदा भए पनि विकासको सहज पहुँच नहुँदा पछाडि परेको थियो,’ पर्यटन क्षेत्रका जानकार शिव बानियाँले भने  ‘बेनीदेखि भकुन्डेसम्म मोटरबाटोको सुविधा र भकुन्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ ।’ बानियाँका अनुसार अब २/४ वटा स्तरीय होटल एवं रेस्टुरन्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटक यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदयको अवलोकन गर्न आउन सक्छन् ।’ त्यस्तै, वडा कार्यालयको पछाडिपट्टि रहेको ऐतिहासिक राजकुवालाई संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्गभवानी कोत परिसरमा लगेर पौडी पोखरी बनाउने र त्यसको नजिकै स्तरीय रेस्टुराँ सञ्चालन गर्न सकिने सम्भावना रहे पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको सरोकारवाला बताउँछन् ।