लकडाउन अझै ‘स्मार्ट’ बनाउने तयारी, सार्वजनिक सवारी सञ्चालन हुन सक्ने

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने तयारी गरिएको छ । यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बसिरहेको छ । बैठकमा अहिले भइरहेको निषेधाज्ञालाई जारी राख्ने वा अलि खुकुलो बनाएर जाने भन्ने बारेमा छलफल केन्द्रीत रहेको छ ।निषेधाज्ञालाई अलि खुकुलो बनाएर जाँदा सार्वजनिक सवारी साधन गर्नेसम्मको निर्णय हुनसक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमणदर कम

सम्बन्धित सामग्री

सार्वजनिक सवारी सञ्चालनमा समस्या

कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै सार्वजनिक सवारी बन्द छन् । सवारी बन्द गरेसँगै करिब साढे ४ लाख सार्वजनिक सवारी ग्यारेजमा थन्किएर बसेको र करिब १० लाख प्रत्यक्ष रोजगारीका साथै ५० लाख आश्रित परिवार संकटमा परेको यातायात व्यवसायीले बताउँदै आएका छन् । करिब १० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्र संकटमा पर्दै गएको पेशा व्यवसाय अंगाल्दै आएका सकरोकारवाला निकायले बताएका छन् । सार्वजनिक सवारी साधन लाइफलाइन भएकाले सरकारले चाँडै स्वास्थ्य सजगता अपनाएर सञ्चालनमा जोड दिनुपर्ने यातायात व्यवसायीले बताउँदै आएका छन् । यता उपभोक्ता अधिकारकर्मीले भने कोरोना संक्रमित दिनदिनै थपिँदै गएकाले सार्वजनिक सवारी सञ्चालन गरे अझ भयावह अवस्था आउने बताउँदै तत्काल सञचालन नगर्न जोड दिएका छन् ।

बस व्यवसायी ऋणको मारमा

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउन केही खुकुलो पारिएपनि सार्वजनिक सवारीसाधन ठप्पै छन् । व्यवसायी तथा कर्मचारी सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारी निर्णयको पखाईमा छन् । ३० वर्षदेखि यातायात व्यवसाय थालेका भरतपुर–१० का गौतमकृष्ण न्यौपानेले फागुनमा थप १ सिटी बस खरिद गरे ।

बस व्यवसायी ऋणको मारमा

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउन केही खुकुलो पारिएपनि सार्वजनिक सवारीसाधन ठप्पै छन् । व्यवसायी तथा कर्मचारी सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारी निर्णयको पखाईमा छन् । ३० वर्षदेखि यातायात व्यवसाय थालेका भरतपुर–१० का गौतमकृष्ण न्यौपानेले फागुनमा थप १ सिटी बस खरिद गरे ।