चुनावी माहोल बिगार्ने गरी भ्रामक प्रचार नगर्न प्रहरीको आग्रह

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले चुनावी माहोल बिगार्ने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गरको छ।  साइबर ब्यूरोले शुक्रबार सूचना जारी गरि निर्वाचन आचारसंहिताविपरीत अडियो,भिडियो सम्प्रेषण नगर्न आग्रह गरेको हो।‘सामाजिक सञ्जालहरूमा चुनावी माहोल बिगार्ने उद्देश्यले भ्रामक,दुष्प्रचारदेखि चरित्र हत्या हुनेगरी अडियो,भिडियो,लिखित अभिव्यक्तिलाई दुराशय मनशायबाट गलत अर्थ लाग्ने गरि इडिट गरी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न आग्रह गरिन्छ,’सूचनामा