काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेको मान्छे भएको टिप्पणी गरेका छन्। काठमाडौं जिल्ला कमिटीबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको भ्रममा परेर झुक्किएको मान्छेहरू फर्किनुहोस्। माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थ हिँडेका मान्छे हुन्।’ आफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठालाई लिएर कार्यकर्ताको राजनीतिक भूमिकाप्रति खेलवाड गरेको आरोप लगाए। कम्युनिष्ट आन्दोलनविरुद्ध लागेर माधव नेपालले पार्टी क