काठमाडौं, माघ २४ । संखुवासभाको खाँदबारी नगरपालिका-९ सभाखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२-०-३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परि गोरखा नगरपालिका-४ घर भएका चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । उहाँका अनुसार, मकालु गाउँपालिका–५ […]