सरकारको एयर लिफ्ट लिन नमानेका डा गोविन्द केसी आफ्नै खर्चमा धनगढीबाट टिचिङ आउँदै

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसी आफ्नै खर्चमा त्रिवि शिक्षण अस्पतालमा आउने भएका छन्। सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी आज साँझ ४:४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आउन लागेका हुन्।