एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डाै - चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले ...