भारतबाट युरिया र डिएपी मल ल्याउन सम्झौता

नेपाल र भारत सरकारबीच ‘जीटूजी’ व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा सोमबार आयोजित एक भर्चुअल समारोहमा दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । यो समझदारीपत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोसेढुङ्गाका रूपमा रहेको छ भने यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिबिम्बित गर्दछ । 

सम्बन्धित सामग्री

रौतहटमा लाखौंको चिनी र डिएपी मल बरामद

रौतहट : रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको  १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ।भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल

मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

काठमाडौँ,३१ जेठ । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं […]

मल आउनै बाँकी, झापामा रोपाइँ सुरु

३१ जेठ, झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश […]

मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिएपी मल खरिदमा भ्रष्टाचार गरेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १२ जनाविरुद्ध १ अर्ब ५३ लाख २२ हजार बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ।...

मोरङमा मल अभाव, कृषकहरु भारतीय बजारमा निर्भर

हिउँदे बाली गहुँ र मकैका लागि मोरङमा रासायनिक मलको अभाव छ। गहुँ र मकै लगाउने पिक सिजनमा आवश्यकताअनुसार डिएपी मल नपाउँदा कृषकहरु भारतीय बजारको भर पर्न बाध्य छन्। विराटनगरस्थित कृषी...

किसानलाई मलको हाहाकार, वीरगञ्ज भन्सारमा मलको बोरा नष्ट गर्न बजेट अभाव

यो वर्ष किसानले खेतबारीमा डिएपी मल हाल्न पाएका छैनन् । देशैभरि डिएपी मलको हाहाकार भइरहँदा उता वीरगञ्ज भन्सार कार्यालयले बजेट अभावका कारण १ लाख ५० हजार बोरा डिएपी मल नष्ट गर्न पाएको छैन । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजन तथा सरकारी आश्वासन समितिले बुधबार भन्सारमा मिल्किएको झन्डै १ अर्ब रुपैयाँ बराबरको डिएपी मलको विषय उठायो । समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकको सुरुमै समितिका सभापति रामनारायण विडारीले लामो भूमिका बाँध्दै सो विषय आफ्नो समितिको कार्यक्षेत्रको विषय नभए पनि कृषिप्रधान द

रासायनिक मलखादमा बेथिति : अनुगमनमा मल भेटिन्न, बजारमा दोब्बर मूल्यमा विक्री

रौतहटमा नियमनकारी निकाय र जनप्रतिनिधिको मौनताका कारण ब्यापारीहरुले रासायनिक मलखादमा किसनसँग चर्को मूल्य असुल्न थालेका छन् । जिल्लाका अधिकांश बजारमा व्यापारीहरुले डिएपी मल मनलाग्दी मूल्यमा बिक्री गर्न थालेका छन् ।गहुँ, मुसुरो जस्ता बालीका लागि डिएपी मल आवश्यक पर्दछ । नेपाल सरकारले किसानलाई मलखाद आपूर्तिको लागि स्थानीय डिलरमार्फत वितरणको व्यवस्था गरेको छ । कटहरियास्थित मलखाद बिक्री वितरणको अधिकार पाएका झन्डै एक दर्जन डिलरले कृषि सामग्री कम्पनी  चन्द्रनिगाहपुर र बीरगंजबाट मलखाद ल्याउने गर्दछन्

रासायनिक मलबिनै खेती लगाउँदै कैलालीका किसान

भजनी । कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । यस वर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँ खेती सुरु गरेका उनले मल नहालेरै खेतमा गहुँ छरेका छन् । ‘युरिया मल जति पनि पाइन्छ , डिएपी मल जति खोज्दा पनि कतै पाइएन ।’ उनले भने, ‘खेती […]

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ। निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो। कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ। कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ।