रवि लामिछानेविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायमै

काठमाण्डाै - आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटै उजुरी खारेज भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो ।युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयो ।नेपाली नागरिकता लिएको ९० दिन नकटी...