पाल्पामा रुख ढलेर एक पुरुषको मृत्यु

पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकोमा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित सामग्री

भारी बर्षाको कारण रुख ढलेर किच्दा एकको मृत्यु

झापा। रुख ढलेर किच्दा झापामा एक पुरुषको मृत्यु भएको छ । दमक–३ स्थित इआई हट नम्बर ४९ बस्ने ७३ वर्षीय…