नवनिर्वाचित सांसद देवकोटा खुमलटारमा

काठमाडौं। राष्ट्रियसभा, बाग्मती प्रदेशबाट नवनिर्वाचित सांसद खिमलाल देवकोटा बधाई थाप्न खुमलटार पुगेका छन्। कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको समर्थनमा बिजयी भएका देवकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन खुमलटार पुगेका हुन्। भेटघाटमा जसपा नेपालका नेता महेन्द्रराय पनि उपस्थित थिए। देवकोटाले गणतन्त्र र संघीयतामा आफू सदैव प्रतिबद्ध रहने जनाएका छन्।