तोसिमा कार्कीको मुद्दामा सकियो बहस, आजै फैसला आउने

ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी  कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय