आर्थिक सङ्कट भाेगिरहेकाे श्रीलङ्काले सैन्य क्षमता आधा घटाउने

आर्थिक सङ्कट भाेगिरहेकाे दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नाे सेना ठूलाे सङ्ख्यामा घटाउने घाेषणा गरेकाे छ । समाचार एजेन्सी पीटीआईकाे प्रतिवेदनअनुसार श्रीलङ्काले सन् २०३० सम्म आफ्नाे सैन्य क्षमता आधाले घटाउने बताएकाे छ ।  सन् २०२३ का लागि बजेट प्रस्तावमा श्रीलङ्काले अब प्राविधिक र रणनीतिकरूपबाट अधिक सन्तुलित 'डिफेन्स फाेर्स' निर्माण गर्न ध्यान दिने भनिएकाे छ ।  श्रीलङ्कामा रक्षा खर्च स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा धेरै हुने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे छ ।  श्रीलङ्काकाे सेनामा अहिले दुई ल...