नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।‘ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने भएपछि उहाँहरु अरु नेतालाई एकतामा ल्याउन गृहकार्य गरी जारी राख्नुभए