ए डिभिजन लिग : नवौं चरणका खेल आजदेखि सुरू हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेल आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुनेछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिष्पर्धा हुनेछ।८ खेलबाट ७ अंक जोडेको एपिएफ तालिकको १० औं स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको शेर्पा तालिकाको छैटौं स्थानमा छ।आजै अपराह्न पौने ५ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी र सात दोबाटो युथ क्लब भिड्नेछन्। आठौं चरणको खेल सकिँदा १९ अंक