कालीकोट : तिलागुफाको फोइमहादेव राष्ट्रिय प्रसारण लाइनमा जोडियो

कालीकोट - कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ३ को फोइमहादेव गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गाउँमा बिजुली बत्ती पुगेपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र र तिलागुफा नगरपालिकाको संयुक्त पहलमा फोइमहादेवका ३ सय ३२ घरधुरीमा बिजुली बत्ती पुगेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख विमल शाहले बताउनुभयो ।

सम्बन्धित सामग्री

लालुगाउँमा जोडियो बिजुली

मान्म (कालीकोट), ३ फागुन । कालीकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ । गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो । पहिलोपटक गाउँमा विद्युत्को ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । “विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा […]

चट्याङले बन्द कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालन

कालीकोट– राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि बन्द भएको कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा आएको छ । चट्याङका कारण मंगलवारदेखि अवरुद्ध विद्युत् सेवा बिहीवारबाट सञ्चालनमा आएको हो । दैलेख जिल्लाको खिड्कीज्युलामा चट्याङले पन्चर भएको पिन बदलेपछि विद्युत सेवा सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख इन्जिनियर विमल शाहले बताउनु भयो । दुल्लु–मान्मा ३३ केभी प्रसारण लाइनको बिजुली बेला–बेला जाने गरेको छ । लामो लाइन भएकाले कतिबेला कहाँ के समस्या आउँछ भन्न नसकिने का...

कालीकोट र जुम्ला २ दिनदेखि अन्धकार

कालीकोट – राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि दुई दिन (हिजाे मङ्गलवार) देखि कालीकोट र जुम्ला अन्धकार भएको छ ।  बिजुली बत्ती नभएपछि यस क्षेत्रमा विद्युतीय माध्यमबाट हुने कामकाज राेकिएका छन् । आज बुधवार दिनभर विद्युत् प्राधिकरणका कर्मचारीहरूले कहाँ बिग्रेको छ भनेर खोजी गरे पनि 'फल्ट' (गल्ती) नभेटिएको प्राधिकरणकाे कालीकोट वितरण शाखाका प्रमुख इन्जिनियर विमल शाहले बताउनुभयो । बत्ती नभएपछि दैनिक कामकाज गर्नसमेत असहज भएको सेवाग्राहीले गुनासाे गरेका छन् ।  बाँकेदेखि सुर्खेत, दैलेख हुँदै कालीकोट प...

जुम्लामा राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालन

१२ कात्तिक, जुम्ला । १९ असोजदेखि जुम्लामा विच्छेद भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत शनिबारदेखि पुन सञ्चालन भएको छ । बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएसँगै विद्युत सेवा पनि अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालीकोट हुदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । सो क्षेत्रमा बाढीपहिरोले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र […]

कालीकाेटमा विद्युत् सेवा अनियमित, दैनिक ९/१० घण्टासम्म बत्ती जाने गरेकाे गुनासाे

कालीकाेट – कालीकोट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको एक वर्ष पुगे पनि नियमित विद्युत् सेवा आपूर्ति हुन सकेको छैन । विद्युत् सेवा नियमित नहुँदा बिजुलीबाट हुने कामहरू प्रभावित भएका छन् । कालीकोटमा अहिले पनि दैनिक ९/१० घण्टासम्म बत्ती जाने समस्या रहेको स्थानीयवासीले बताएका छन् । दैलेखमा समस्या आएकाले बनाउने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौड्यालले बताउनुभयो । राष्ट्रिय प्रसारण लाइन नियमित नभएपछि यहाँका स्थानीयवासीले सा...

कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने

कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने भएको छ । यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो ।विगतमा कालीकोट र जुम्लामा ११ केभिए प्रसारण लाइन भएको र त्यसले विद्युत्को मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभिए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । “विगतका ११ केभिए प्रसारण विद्युत् प्रसारण लाइनले माग अनुसारको धान्न सकेन्”, उनले भने, “माग अनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण गर्न लागिएको हो ।”नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । ३३ केभिए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युत्का पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए ।कर्णाली प्रदेशका १० जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझैँ विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन् । कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युत्को ११ केभिए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।

माग धान्न कालीकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुँदै

फागुन २१,  मान्म(कालीकोट) । कालीकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुने भएको छ ।      यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभीए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३केभीए विद्युत् प्रसारण लाइन जडान लागेको हो ।            विगतमा कालीकोट र जुम्लामा ११ केभीए प्रसारण लाइन भएको र त्यसले विद्युतको मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभीए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । उनका अनुसार विगतका ११ केभीए प्रसारण विद्युत् प्रसारण लाइनले माग अनुसारको धान्न नसकेपछि माग अनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभीए प्रसारण गर्न लागिएको हो ।         नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिवरादेखि आउँदो आइतवारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । ३३ केभीए  प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युतका पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए ।            कर्णाली प्रदेशका १० ओटा जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन। कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युतको ११ केभीए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।  रासस

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण ग

कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन

कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा  गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे

राष्ट्रिय प्रसारण लाइनको परीक्षण, पाेलहरु नछुन प्राधिकरणकाे आग्रह

कालीकोट – नेपाल विद्युत प्राधिकरणले दुल्लु देखि कालीकोट मान्म सम्मको ३३ केभी प्रसारण लाइनको परीक्षण कार्य सुरु गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणकोे कालिकोट सेवा केन्द्रले यही बैशाख २८ गतेदेखि दैलेखको दुल्लु, जब्बुकाँध, रामाघाट, पाल्ताडा, टुनिबगर, राकम, खिड्कीज्युला देखि कालीकोटको मान्म बजारसम्म गाडिएका पोलमा विद्युत प्रवाह परीक्षण गर्ने भएकाे हाे ।याे समयमा यस क्षेत्रमा तानिएका तारहरुमा विद्युत प्रवाह हुने भएकाले पोल तथा तारहरु नजिक नजान र नछुन सर्वसाधारणलाई अनुरोध गरेको छ । नेपाल विद्युत प्राधिकर...