वैदेशिक रोजगारीमा रहेकालाई टेलिमेडिसिन सेवा : अहिलेसम्म गरे १४ देशबाट १३७ जनाले फोन

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य समस्या सम्बोधनका लागि सुरु भएको टेलिमेडिसिन सेवाका लागि १४ वटा गन्तव्य देशबाट एक सय ३७ जनाले फोन गरेर सेवा लिएका छन् । सेवा सुरुवात भएको १२ दिनमा एक सय ३७ जना श्रमिकले विभिन्न १४ वटा गन्तव्य देशबाट सम्पर्क गरेर सेवा लिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।  सेवाका लागि फोन सम्पर्क गर्नेमा सबै साउदीबाट छन् । बोर्डका अनुसार साउदीबाट ३६ जनाले फोन सम्पर्क गरेर स्वास्थ्य सेवा लिएका छन् भने साउदीपछि सबैभन्दा धेरै मलेसियाबाट ३३ जनाले फोन सम्पर्क गरेका छन् । सम्...