मनसुनी प्रणाली कमजोर, गर्मी बढ्यो

काठमाण्डाै - मनसुनी प्रणाली कमजोर भएकाले अबको तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातारको झरी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । केही दिनयता लगातारजसो पानी नपरे पछि गर्मी बढेको छ । विशेषगरी तराईमा गर्मीले जनजीवन प्रभावित भइरहेको छ । पछिल्लो २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ८, धनगढीको ३७ दशमलव २, नेपालगञ्जकाे ३७, सिमराको ३६ दशमलव २, जनकपुरको अधिकतम तापक्रम ३५ दशम...