सत्तारुढ दल नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका आइतबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्माले ओलीले पार्टीको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटी बैठक राखे। दुवै बैठकमा माधव नेपाल पक्षका नेताहरूलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे छलफल गरे पनि ओलीले कारबाही नगरी बैठक टुङ्ग्याए।