सुदूरपश्चिम प्रदेशको नवौं (हिउँदे) अधिवेशन पाँच महिना पुग्न लाग्दासमेत सञ्चालन हुनसकेको छैन । बैठक सुचारु गर्न सरकारसँग पर्याप्त बिजनेस नहुँदा प्रदेशसभा बैठक बस्न नसकेको हो । प्रदेशसभा सचिवालयका अनुसार हाल प्रदेशसभामा चारवटा विधेयक मात्र दर्ता भएका छन् । ती विधेयक असोजमै दर्ता भएका थिए । त्यसयता प्रदेश सरकारले प्रदेशसभामा विधेयक पेस नगरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । ‘अहिले चारवटा विधेयक प्रदेशसभामा विचाराधीन छन्,’ सूचना अधिकारी जैशीले भने, ‘असोज