सबै कर नतिरे फनपार्क बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको फन पार्कलाई २४ घन्टाभित्र सबै कर तिर्न चेतावनी दिएको छ। बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घन्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिँदै नतिरे फनपार्क शिलबन्दी गरी असुलउपर गरिने चेतावनी दिएको हो।