बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगामा निर्वाचन विवाद, निकास नआउँदा मतगणना भएन शुरु

काठमाडौं : देशभरका पालिकाका धमाधम नयाँ जनप्रतिनिधि निर्वाचित भइरहँदा २ वटा पालिकामा भने मतगणनासमेत शुरु हुन सकेको छैन। मतदानपछि भएका विवादले बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना शुरु हुन नसकेको हो।मतदान स्थगित भएका स्थानमा पनि गत शुक्रबारसम्ममा निर्वाचन भइसकेको निर्वाचन आयोगले जनाएको छ। तर बुढीगंगा र त्रियुगामा वैशाख ३० गते नै मतदान भएपनि मतगणना हुन नसकेको हो। मतदानका दिन खसेका मतको मुचुल्का तयार गरि मतगणना स्थलमा ल्याइसकिएको आयोगले जनाएको छ।बाजुराको बुढीगंगा न