सहकारीका ७० % सदस्यको उद्देश्य बचत, सहकारीबाट पुरूषभन्दा महिला बढी खुशी !

काठमाडौं । सर्वसाधारण ऋण लिन सहकारीमा आबद्ध हुने गरेको विश्लेषण हुने गरे पनि ग्रामीण क्षेत्रका अधिकांश सर्वसाधारण बचत गर्न सहकारीको सदस्य बन्ने गरेको ताजा अध्ययनले देखाएको छ ।  काठमाडौं विश्वविद्यालयले गरेको एक अध्ययनबाट सहकारीमा आबद्ध हुने ७० प्रतिशत सर्वसाधारणको उद्देश्य बचत गर्ने रहेको पुष्टि भएको हो ।  राष्ट्रिय सहकारी महासंघको सहयोगमा विश्वविद्यालयले कर्णाली र लुम्बिनी प्रदेशमा सहकारीको योगदानबारे अध्ययन गरेको हो । विश्वविद्यालयले अध्ययनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै करीब ७० प्रतिशत सदस्य बचत गर्ने उद्देश्यले सहकारीमा आबद्ध भएको उल्लेख गरेको छ । यसैगरी १५ प्रतिशत वित्तीय सेवाका लागि र बाँकी १५ प्रतिशतले ऋणका लागि सहकारीमा प्रवेश गरेको बताएका छन् । शहरी क्षेत्रका सहकारीको आलोचना भइरहेका बेला कर्णाली प्रदेशका सहकारीले ८६ प्रतिशत सदस्यको अपेक्षा पूरा गरेको अध्ययनले देखाएको छ । सहकारीबाट पुरूषभन्दा महिला बढी खुशी देखिएको प्रतिवेदनमा उल्लेख छ ।  विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टले गरेको अध्ययनमा सहभागी आधाभन्दा बढी सर्वसाधारण सहकारीमा आबद्ध भएपछि व्यवसायी बनेको सार्वजनिक भएको छ । ‘सहकारीले बचत गर्ने बानीको विकास गर्नुका साथै उद्यमशीलता प्रवर्द्धन गर्नमा पनि ठूलो भूमिका खेलेका छन्,’ प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै विश्वविद्यालयको उद्यमशीलता तथा बजारीकरण प्रमुख प्राडा विनोदकृष्ण श्रेष्ठले भने, ‘सहकारीमा आबद्ध भएपछि लुम्बिनीका ६२ प्रतिशत र कर्णालीका ५७ प्रतिशत सदस्यले नयाँ व्यवसाय शुरू गरेको अध्ययनले देखाएको छ ।’ सहकारीले बचत गर्ने बानीको विकास गरेको, नयाँ व्यवसाय स्थापना गर्न सहयोग गरेको, निर्णय क्षमता अभिवृद्धि गरेको, रोजगारीका नयाँ अवसर सृजना गरेको, उद्यमशीलताको दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याएको, आर्थिक स्वतन्त्रता प्रदान गरेको देखाएको छ ।  अध्ययन प्रतिवेदनमा सहकारीको सेवा तल्लो तहका गरीबसम्म विस्तार हुनुपर्ने, सहकारीलाई सामाजिक कार्य र अन्य व्यवसायमा सहज रूपमा प्रवेश दिनुपर्ने, सहकारी शिक्षा बढाउनुपर्ने, जोखिम व्यवस्थापन गर्नुपर्नेलगायत विषय सिफारिश गरिएको छ । संघीय सहकारी विभागका अनुसार हाल देशभरका करीब ३० हजार सहकारीमा ७० लाख सर्वसाधारण आबद्ध छन् । देशभरका कुल ३० हजार सहकारीमध्ये प्रदेश नम्बर १ मा ४ हजार ७३७ र लुम्बिनीमा ३ हजार ७५५ छन् ।  प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि बोल्दै महासंघ अध्यक्ष मीनराज कँडेलले अध्ययनबाट महत्त्वपूर्ण खोज भएको र यसले सहकारी अभियानको छवि निर्माणमा योगदान पुग्ने बताए ।  महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले थोरै बजेटमा महत्त्वपूर्ण अध्ययन गर्न सफल भएको र यसबाट सहकारीको वास्तविकता उजागर हुने बताइन् ।  यसअघि विश्लविद्यालयले प्रदेश १ र मधेश प्रदेशमा पनि सहकारीले गरीबी न्यूनीकरणमा गरेको योगदानको विषयमा अध्ययन गरेको थियो । 

सम्बन्धित सामग्री

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका छन् । मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुशी दिवसका अवशरमा विश्वका खुसी देशबारे सार्वजनिक सन् २०२४ को ग्यालप वर्ल्ड रिपोर्ट अनुसार नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका हुन् । यो रिपोर्टले खुशीको स्तरको आधारमा देशहरूको वर्गीकरण गर्दछ । रिपोर्टमा समावेश दक्षिण एसियाका अन्य देशलाई नेपालीले उछिनेका […]

ओहो, अझै सास फेरिरहेकी छु खुशी लाग्छ!

ओहो! अझै सास फेरिरहेकी छु खुशी लाग्छ, गजबको यो दुनियाँ हेरिरहेकी छु खुशी लाग्छ। लगातार नियतिले पछारेको सम्झना छ मलाई,रमाई दुःखको नाना बेरिरहेकी छु खुशी लाग्छ।...

ओहो, अझै सास फेरिरहेकी छु खुशी लाग्छ!

ओहो! अझै सास फेरिरहेकी छु खुशी लाग्छ, गजबको यो दुनियाँ हेरिरहेकी छु खुशी लाग्छ। लगातार नियतिले पछारेको सम्झना छ मलाई,रमाई दुःखको नाना बेरिरहेकी छु खुशी लाग्छ।...

हिउँ परेपछि मनाङका कृषक खुशी

काठमाडौं । हिउँ परेपछि मनाङका कृषक खुशी भएका छन् । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका कृषक ढिला गरी भएको हिमपातले तरकारीको उत्पादन राम्रो हुने भन्दै खुशी भएका हुन् । चैत, बैशाखमा लगाइने यहाँको मुख्यबाली आलु र करुका लागि पुसमा हिउँ पर्नु पर्ने हो तर ढिलो गरि भएको हिमपातले पनि उत्पादनमा सहयोग पुग्ने किसानको विश्वास […]

टिसिएलको ‘अजम्बरी खुशी’ योजना

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यस बर्षको दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।...

के नेपाली खुशी छन् (भिडियो विश्लेषण)

काठमाडौं, २४ साउन । समृद्धिले मात्र खुशी नल्याउन सक्छ । खुशी ल्याउन सन्तुष्टि चाहिन्छ । के नेपाली सन्तुष्ट छन् ? हाम्रो मौलिकताले हामीलाई खुशी दिन सक्छ । हाम्रो आफ्नै प्रकृतिले हामीलाई सुख दिन सक्छ । त्यसको पहिचान गर्ने हामीले नै हो । त्यसको मनन गर्ने हामीले नै हो ।

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।सूचीमा डेनमार

‘डेब्यू प्रदर्शनबाट खुशी छैन’ – लोकेश बम

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार लोकेश बमले युएईसँग डेब्यू खेलमा गरेको प्रदर्शनबाट खुशी नभएको बताएका छन् । शनिबार युएईसँग २५ रनले पराजित भएपछि लोकेशले आफ्नो प्रदर्शनबाट खुशी नभएको बताएका हुन् । ‘पक्कैपनि डेब्यू राम्रो भयो भन्दिन । मेरो लागि त्यो एकदमै सहि समय थियो । त्यहाँबाट मैले खेल जिताउन सक्थें । […]

स्टार अस्पताल र खुशी खुशी बचत तथा सहकारीबीच सम्झौता

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन्।

नेपाल दक्षिण एसियाकै खुशी देश !

काठमाण्डाै – नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियाे । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूच...