कांग्रेस प्रदेश १ संसदीय दलको चुनाव आज, त्रिपक्षीय भिडन्त

काठमाडौं : नेपाली कांग्रेस प्रदेश १ ले आज संसदीय दलको नेता चयन गर्दै छ। नेता चयनका लागि विहान ९ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका छ। संसदीय दलको नेता बन्न तीन जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए। उनका अनुसार प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन्।  यसअघि दलको नेतामा दावी गर्दै आएका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक हुन्। अर्याल संविधानसभा सदस्य तथ