‘समपोखरा’ ताल नजोगाए पानीका मुहान सुकेर जाने भन्दै स्थानिय चिन्तित

गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघँरिदै जान थालेको छ । तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको छ । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ । […]