कञ्चनपुरमा कांग्रेस अधिवेशन : कतै सहमति कतै निर्वाचन

कञ्चनपुर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कञ्चनपुरका नौवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ।शनिबार भएको अधिवेशनमा शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। अन्य सातवटा स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको हो।शुक्लाफाँटामा सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन्। यस्तै‚ दोधाराचाँदनी नगर सभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भएका छन।भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन्। कलौनीले निकट

सम्बन्धित सामग्री

महोत्तरीमा कांग्रेस अधिवेशन : विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो । क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको […]

सर्लाहीमा कांग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । केन्द्रीय निर्वाचन समितिबाट सर्लाहीमा खटिएका निर्वाचन अधिकृत बिनोद कार्कीले अधिवेशन गराउने वातावरण नरहेको भन्दै राजीनामा दिएका हुन् । उनले सर्लाही कांग्रेसका सबै पक्षसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटेकोले निर्वाचन गराउने वातावरण नभएको बताएका छन् ।

कांग्रेस अधिवेशन : विवाद रहेका ८ जिल्लामा जुट्यो सहमति, काठमाडौंको नतिजामा ढिलाइ

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आइतबार थप ५ जिल्लामा स्थानीय तहको अधिवेशन सुरु भएको छ।काठमाडौं जिल्लामा भएको वडा अधिवेशनको अन्तिम मत परिणाम भने आइसकेको छैन।केन्द्रीय निर्वाचन समितिका अनुसार क्रियाशील विवाद सकिएका ६४ जिल्लामध्ये शनिबार ५४ र आइतबार ५ गरि ५९ जिल्लामा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सुरु भएको हो।तीमध्ये कतिपय ठाँउमा सहमतिमै नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा निर्वाचन भएको छ।निर्वाचन समिति सदस्य एगराज पोखरेलले क्रियाशील विवाद सकिएका ६४ जिल्लामा मंगलब

कांग्रेस अधिवेशन– स्याङ्जाका ९ पालिकाको नतिजा आयो, दुईको बाँकी

स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ । स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद...