कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन् । बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी नहुने बताएकी हुन् । ‘मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्, गैरराजनीतिक र कुनै संस्थामा काम गरेकालाई ल्याउँछौँ, त्यस्ता व्यक्ति खोजिरहेका […]
गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न महानगरपालिकाले आग्रह गरेको छ । महानगरले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । तोडफोड, आगजनी र लुटपाटमा […]
‘तलको फ्लोरमा थोरै जोगिएको भनेको क्यान्टिन र मिडिया सेन्टर मात्रै हो,’ प्रदेश सभाका कामु सचिव गौतम अमात्यले भने, ‘त्यही एक कोठे मिडिया सेन्टरबाट हामीले प्रदेश सभा सचिवालयको काम थालेका छौं।’
वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र सवारिसाधन जलेर नष्ट हुँदा रु एक अर्ब १५ करोड मूल्य बराबरको क्षति भएको छ […]