मधेशको तेस्रो शक्ति हौँ, मुख्यमन्त्री दाबी गर्छौं : डा. राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।उनले मधेश प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए। उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए।अध्यक्ष राउतले जनतामुखी सेवाहरु प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्